1478958692 banner ad format

 
 

हलिउडका प्रख्यात अभिनेता हार्भे वेन्सटेनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उनलाई अभिनेत्री लुसिया इभान्सले बलात्कारको आरोप लगाएकी थिइन् । ६६ वर्षीय वेन्सटेनमाथि इभान्सबाहेक दर्जनौं महिलाले आफूहरुमाथि बलात्कार तथा यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका थिए ।

यद्यपिवेन्सटेनले भने ती आक्षेपहरुको सधैँ खण्डन गर्दै आएका थिए । उनीमाथि  उनका करतुतहरुले विश्वभर रहेको बलात्कार तथा यौन दुव्र्यवहारविरुद्ध सामाजिक सञ्जालमा ‘मी टू’ क्याम्पेन नै चलाउनुपर्ने बाध्यता  सिर्जना भएको थियाे । 

वेन्सटेन बिहान ७ २५ मा म्यानहाटनको प्रहरी चौकीमा आइपुग्दा दर्जनौं पत्रकारहरु पहिले नै तैनाथ थिए । वेन्सटेन राम्रो पोशाकमा हातमा निर्देशक एलिया कजानबारे लेखिएको पुस्तक च्यापेर प्रहरी चौकीमा आइपुगेका थिए ।

उनीमाथि हुने सजाय म्यानहाटनको ग्राण्ड ज्यूरीको अनुसन्धानले तय गर्नेछ । अहिले नै यो तय भइसकेको छैन र जिल्ला न्यायाधिकारी साइरस भान्सले तोकेको अभियोगमा आधारित भएर नै सजायको निक्र्योल हुनेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood