waar

एजेन्सी । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले बलिउडका धेरै कीर्तिमान तोडेको छ बडादशैंलाई लक्षित गर्दै प्रदर्शनमा आएको चलचित्र ‘वार’ले पहिलो दिन ५३ करोडको व्यापार गरेको फिल्म एनालिस्ट तरन आदर्शले जनाएका छन् ।

एक्सन प्रधान फिल्म ‘वार’ गान्धी जयन्तीको बिदाका दिन बुधबार एकसाथ चार हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मले जुन बलिउडको पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । ‘वार’ ले हिन्दीमा ५१ करोड र तामिल तथा तेलगुमा डेढ करोडको व्यापार गरेको छ ।

‘वार’ यस वर्षकै बहुप्रतीक्षित फिल्म मानिएको थियो । एक्सन र डान्समा पोख्त ऋतिक रोशन र टाइगर श्राफको केमेस्ट्रीले बलिउडमा नौलो कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको थियो । समीक्षकहरूले पनि ‘वार’ ब्लकबस्टर हुने घोषणा गरेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर