1478958692 banner ad format

 
 

एजेन्सी । बाहुबली रिलिज भएको करिब २ हप्ता पुग्न लागिसकेको छ । व्यापारको हिसावले सबै भारतीय सिनेमालाई पछि पारेको बाहुबलीबारे बिभिन्न रोचक कुराहरुपनि आउन थालेका छन् ।

Indian cinema bahubali two min

यहाँ हामीले बाहुबलीबारे ७ रोचक तथ्य प्रस्तुत गरेका छौं ।

मन्दिरको कला दरबारमा कुदिएको

फिल्मको दोस्रो भागमा देखिएको माहिष्मति राज्यको दरबार कुनै पनि फिल्ममा बनाइएको अहिलेसम्मकै सबैभन्दा अग्लो दरबार हो । यो पेरिसको एफिल टावर बराबरको उचाईको छ । राजस्थानका २ मन्दिरको अध्ययन गरेपछि दरबारको भित्री भागको कला कुदियो । माहिष्मति दरबारको सेट बनाउँनका लागि १९०० व्यक्तिले ९०देखि १०० दिनसम्म लगातार काम गरे ।

१००० फीटको झरना टिस्यु पेपर’बाट

फिल्मको दुवै भागमा देखिएको १००० फीट माथिबाट झरेको झरनाको दृश्य टिस्यू पेपरको मद्दतबाट सुट गरिएको हो । टिस्यु कागजलाई लामो तथा मध्यम आकारमा काटेर झरनाको दृश्यमा पानी जस्तै मेसिनद्धारा तल झारिएको थियो । तर, झरनाको तलको भाग भने साँचो हो ।

बाहुबलीको ९० प्रतिशत दृश्य नक्कली

दुवै भागको ९० प्रतिशत दृश्य नक्कली हुन् । कटप्पाले बाहुबलीलाई मारेको दृश्य समेत नक्कली थियो । फिल्ममा देखिएको पहाडदेखि जनावर सबै प्रविधिको प्रयोगबाट देखाइएको छ । २० देखि २५ फीटको दुरीबाट लिएको दृश्य मात्रै फिल्मको वास्तविक दृश्य हो ।

१५ सय सैनिक

पहिलो भागको ‘क्लाइमेक्स’ दृश्यमा माहिष्मतिका २३ हजार सैनिक दुश्मनका १ लाख सैनिकसँग लडिरहेको देखाइएको थियो । तर, एकै समयमा १५००भन्दा बढी सैनिकहरुलाई दृश्यांकन गर्न असम्भव थियो । बाँकीलाई थ्रि–डी प्रविधिबाट देखाएइको थियो ।

५ बर्षसम्म सुटिङ

फिल्मका सबै सदस्य पाँच बर्षसम्म बिहानको ३ बजे उठ्नु पर्थ्यो । बाहुबलीको दुवै पार्टको सुटिङ ६१५ दिन चलेको थियो । ३० स्टुडियोले फिल्ममा भिजुअल इफेक्टमाथि काम गरेका छन् । युक्रेन, सर्बिया, इरान र चीनको स्टुडियोमा यस फिल्मका लागि काम गरियो ।

२ मिनेटको दृश्यका लागि १०० दिन

अन्तिम लडाई दृश्यांकन गर्नु सबैभन्दा ठूलो चुनौति थयो । जम्मा २ मिनेटको दृश्यका लागि करिब १०० मिनेट दिन लागेको थियो । त्यसका लागि प्रविधिको राम्रो प्रयोग गरिएको छ ।

धान काट्ने मेसिनबाट रथ

फिल्मको पहिलो भागमा ‘सिंगल ब्लेड’को रथ देखाइएको थियो । त्यस्तै, दोस्रो पार्टको लागि भने ४ ब्लेडको बनाएका थिए । फिल्म समूहलाई यस्तो विचार किसानले धान काट्न प्रयोग गर्ने मेसिनबाट आएको थियो । उनीहरुले बुलेट किनेर त्यसको इन्जिनलार्य रथमा फिट गरियो, जसलाई बनाउँन एक महिना लागेको थियो ।

 

प्रकासित मिति

Loading...