jhanwi

सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी जाह्नवी कपूरले दक्षिण भारतीय फिल्ममा काम गर्ने भएकी छिन् ।भारतीय मिडियाका अनुसार उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने पक्का भएको हो ।

जाह्नवी यी दुई फिल्ममा रोमान्टिक प्रेमकथासहित देखिनेछन् । अहिलेलाई यो फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि जाह्नवी पहिलो रोजाइ भने थिइनन् ।

पहिले यो फिल्म कियारा आडवाणीलाई अफर गरिएको थियो । आलिया भट्टलाई पनि फिल्मको अफर आएको थियो । दुवै नायिकाले नगरेपछि जाह्नवीले गर्ने भएकी हुन् ।

खबर छ कि, यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शूटिङमा जानेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने अझै आएको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर