1478958692 banner ad format

 
 

असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को सक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । 'ए दाजु नसमाउ न नाडीमा' बोलको ट्राभल्स सङमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङ छन् । 

 

गीतमा स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । केदार घिमिरेको जोडीलाई भने गीतमा देखाइएको छैन । यो फिल्मलाई दोस्रो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 

 

प्रिन्स र दीपकराज गिरीले लेखेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । गीत गाउँदै कलाकार जीतु नेपाल, केदार घिमिरे (माग्नेबुढा), वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकाल पोखरा–बाग्लुङ राजमार्गमा डिजेल गाडीमा हुइकिएका छन् । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । 

 

फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।

 

यस्तै, गीत सार्वजनिक कार्यक्रममा काभ्रे पलाञ्चोकको पनौतिस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई दीपकराज गिरी र दीपाश्री निरौलाले एम्बुलेन्स हस्तान्तरण गरे । फिल्म 'छक्का पन्जा' सुपरहिट भएपछि दीपक र दीपाले सुटिङ गरिएको पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।

 

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । 

 

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood