k popएजेन्सी । के–पप स्टार जङ जुन यङलाई सामूहिक बलात्कार र सो सम्बन्धी भिडियोको फुटेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गर्दै दक्षिण कोरियाको उच्च अदालतले जेल चलान गरेको छ।

जङ र एफटी इज्ल्यान्ड नामक के–पप ब्याण्डको पूर्व सदस्य चोय जङ हुनलाई दुई फरक सामूहिक बलात्कारको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।

उनीहरुलाई क्रमशः छ र पाँच वर्षको जेल सजाय सुनाएको छ। उनीहरूलाई बालबालिकासँग काम गर्न निषेश गरिएसँगै यौन हिंसाविरुद्धको ८० घण्टाको कक्षा लिन आदेश दिइएको छ।

३० वर्षीय जङले मादिरा सेवन गरेर प्रतिकार गर्न असमर्थ महिलालाई बलात्कार गरेको र नग्न तथा यौनक्रीडाको भिडिओ खिचेको ग्रुप च्याटमा हालेको आरोप लागेको थियो। ‘मेरो कारणले पीडितले पीडा खेप्नुपरेको स्थितिबारे थाहा भयो।

जुन हामीले कल्पनासमेत गर्न सक्दैनौं,’ उनले भने, ‘मेरो गल्तीप्रति म पश्चाताप व्यक्त गर्छु।’ गत मार्च महिनामा महिलाहरूको भिडिओ गोप्य रूपमा खिचेर सार्वजनिक गरेको स्वीकार गरेपछि उनले संगीत क्षेत्र छाडेको घोषणा गर्नुपरेको थियो।

फिल्म क्षेत्रबाट सन्यास लिने सोचमा अमिताभ बच्चन

amithabh
बलिउडमा सदाबहार चर्चामा आइरहने अभिनेता हुन् अमिताभ बच्चन । सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’बाट बलिउडमा पाइला टेकेका अमिताभले हालसम्म धेरै फिल्महरु खेलिसकेका छन् । उनको उमेर जती बढे पनि उनले अहिलेसम्म फिल्म खेल्न भने छोडेका छैनन् ।

तर पछिल्लो समय भने उनको एक नयाँ खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार उनी अब फिल्म क्षेत्रबाट ‘रिटायर’ हुने सोचमा छन् । उनले स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट ‘रिटायर’ हुने संकेत दिएको बतायएको छ । उनले लेखेको ब्लगबाट धेरैले उनी ‘रिटायर हुने सोचमा रहेको बुझेका छन् ।

उनले ब्लगमा लेखेका छन् ‘म अब रिटाएर हुनुपर्छ। दिमागले अर्कै सोचिरहेको छ भने औँलाले अर्कै, यो सब इशारा नै हो।’ पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आइरहने गरेको छ । केहि समयअघि पनि अस्पताल भर्ना भएका अमिताभले आराम पछि ‘कौन बनेगा करोडपति’ चलाउन थाले तर अब भने उनी यी सबै बाट टाटा रहने सोचमा छन् । अहिले भने उनी फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमाब्यस्त छन् ।

‘गोलमाल ५’ आउदै, को को हुन्छन् कलाकार?

golmal 5
बलिउडका चर्चित अभिनेता अजय देवगनले नयाँ फिल्म ल्याउने तयारीमा जुटेका छन् । अभिनेता अजयको मुख्य भुमिका रहने फिल्म ‘गोलमाल ५’ बन्ने बताइएको छ । यसबारे अभिनेता अजयले आफैले बताएका छन् ।

उनले भने ‘रोहित र म ‘गोलमाल’ को पाँचौ श्रृंखला बनाउने तयारीमा छौं । मैले पहिला पनि भनेको थिएँ कि यो मस्तीबाट भरिएको छ र मेरो फेभरेट सिरिज हो ।’ यो फिल्म नयाँ र रोचक कहानीमा आधारित हुने बतायएको छ । यस फिल्मको छायांकन अर्को वर्ष गरिने बताइएको छ ।

फिल्ममा अजय देवगनसँगै अरशद वारसी, कुणाल खेमू, तुषार कपूर, श्रेयस तलपडेले अभिनय गर्ने बताइएको छ । पछिल्लो समय अभिनेता अजयको १०० औं फिल्म ‘तानाजी स् द अनसंग वारियर’ को निकै चर्चा छ । यो फिल्म जनवरी १० तारिखमा प्रदर्शनमा आउदैछ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...