kaile
सोसल मिडियामा सुपर मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन् । काइली आफ्नो व्यापार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्ल्यामरको क्षेत्रमा पनि चुनिएकी छन् ।

उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन् ।सेलिब्रेटी बिजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन् । अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा छाएको छ ।

उनले आफ्नो कम्पनीको सेयर चार हजार तीन सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन् । यो कस्मेटिक फर्मले अन्तर्राष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ ।

यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो)
फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यही माघ १७ गते रिलिज हुने फिल्मको टिजरमा बुद्धि तामाङ, परमीता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना लगायतका कलाकारको शीर्ष भूमिका छ ।

टिजरमा परमीताको बोल्ड अवतार देख्न सकिन्छ । यस्तै टिजरमा करण वर्मालाई पनि देख्न सकिन्छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म जय राजले लेखेका हुन् । फिल्ममा लगानी पनि जय राजकै छ ।

फिल्ममा भारतीय कलाकारले समेत अभिनय गरेका छ्न । नेपालको तराई क्षेत्रमा छाया‍ंकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतले अभिनय गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...