tealaya add

akshay laxmi

बलिउडका चर्चित अभिनेता अक्षय कुमारको नया लुक्स सार्वजनिक भएको छ। लक्ष्मी बम्ब नाम गरेको नयाँ चलचित्रमा उनको रुप अन्य चलचित्र भन्दा फरक र पृथक रहेको छ।

उनले हालै आफ्नो नयाँ फिल्म 'लक्ष्मी बम्ब' को पोस्टर अनावरण गरेका छन्। उक्त फिल्म अक्षय द्वारानै अभिनित चलचित्र सुर्यबंशी पछि सिनेमा घरहरुमा प्रदशनमा आउने भएको छ। सूर्यवंशीको एक हप्ता पछि चल्ने उक्त चलचित्रको रिलिज मिति २०२० को जून ५ मा तोकिएको एजेन्सीले बताएको छ।

एकै हप्तामा अक्षयका दुई ठुला चलचित्रहरू रिलीज हुन लागेको ले रोहित शेट्टीद्वारा निर्देशीत पुलिस ड्रामा सुर्यबंशीको रिलिज मिति परिवर्तन गर्न लागेको पनि श्रोतले बताएको छ भने आधिकारिक घोषणा भने आएको छैन। अर्कोतर्फ, 'लक्ष्मी बम्ब' तमिल चलचित्रको आधिकारिक हिंदी रीमेक हो जुन राघव लरेन्सद्वारा निर्देशित थियो। श्रोतका अनुसार अक्षय अभिनित 'लक्ष्मी बम्ब 'पनि तमिल निर्देशक राघव लरेन्सले नै गर्नेछन्। फिल्ममा मुख्य भूमिका कायरा आडवाणीले गरेकी छन।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर