annapurna add

lokraj dai 2

चलचित्र पत्रकार संघ दाङ शाखाले लोकप्रिय गीतकार लोकराज अधिकारी लाई सम्मान गरेको छ । दाङ को तुल्सिपुरमा सोमबार सम्पन्न संघको चौथो अधिबेशनका अबसरमा गीतकार अधिकारीले सुगम संगीत र चलचित्र गीतीलेखनमा पुराएको योगदान र प्राप्त गरेको ख्याती दाङ बासी को गर्वको कुरा भएको भन्दै संमान गरिएको हो ।

चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष डा अमर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौला नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियाशन लगाएतले गीतकार अधिकारीलाई दोसल्ला र सम्मानपत्र बाट संमान गरेका हुन ।

संघका निबर्तमान अध्यक्ष ध्रुबराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरु चलचित्र पत्रकार संघ दाङको गतिविधि अन्य शाखाको तुलनामा उदाहरणिय भएको बताएका थिए । अधिबेशनले शिव पुन को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

यस अघि दाङ मै पहिलो पटक आयोजना भएको बुद्ध सरयू चलचित्र महोत्सवका अबसरमा पनि गीतकार अधिकारीलाई सम्मान गरिएको थियो । प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्ती प्रदेश सभा सभासद दामा शर्मा लगायतका अतिथीको हात बाट गीत - संगीत साधना सम्मान २०७६ बाट अधिकारीलाई सम्मान गरिएको हो ।

आयोजक पहल नेपाल का सम्योजक केएल बुढाथोकीले नेपाली सुगम संगीत र चलचित्रको गीतलेखनमा गीतकार अधिकारीले कमाएको ख्याती र अनबरत साधनाको सम्मान गरिएको बताएका छ्न ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर