ma yesto geet gauchh u2

नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । 'तिम्रो घरको वरि परी' बोलको गीतमा नेपाल आइडल सिजन २ की अस्मिता अधिकारी र सोनम तोप्देनको आवाज रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा पोखरेलकै शब्द रहेको छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र पूजा शर्माको अभिनय रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियो नेपालका पूर्वी जिल्लाहरुमा छायांकन गरिएको हो ।

‘म यस्तो गीत गाउँछु’ को सिक्वेल चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...