annapurna add

एजेन्सी : बलिउडकी सुन्दरी मलाइका अरोराको बोल्ड तस्बिर सार्वजनिक भएको छ । ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी अरोराका केही बोल्ड तस्बिर सार्वजनिक भएका हुन् ।

Malaika Aroraमलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् ।

क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् । मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थियो ।

बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् ।

याे पनि पढ्नुहाेस् - 

कोरोनाविरुद्धको भ्याक्सिन यसै साता जनावरमा परीक्षण गर्ने तयारी

मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएको छ । ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परीक्षण जनावरमा गरिनेछ,’ योङ्गले भने।

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरस संक्रमित व्यक्तिबाट नमुना संकलन गरेर करिब एक महिना अघि कृत्रिम भाइरसको सृजना गरेका थिए। अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यस वर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन्। यद्यपि भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन्।

जनावरमा सफल रुपमा भ्याक्सिनको परीक्षण सम्पन्न भएपछि उनीहरुले यसको विस्तृत परिक्षणका लागि अस्ट्रेलियाली बैज्ञानिक निकाय सिएसआइआरओमा पठाउनेछन्। यहाँ विकास गरिएको यो भ्याक्सिनको कार्यक्रमलाई विश्वमा महामारीका रुपमा फैलिन सक्ने सरुवा रोगको रोकथाममा काम गरिरहेको विश्वव्यापी संस्था कोअलिसन फर इपिडेमिक प्रिपियडनेस इन्नोभेसन (सिइपिआई) ले सहयोग पुर्‍याएको जनाइएको छ।

स्थानीय समाचारसंस्था सिड्नी मर्निङ्ग हेराल्डले मेलबर्नमा रहेको ल्याबमा परिक्षणका लागि आवश्यक पर्ने मात्राहरुको उत्पादन सुरु गरिसकिएको जनाएको छ। भ्याक्सिन पहिला कति सुरक्षित छ भनेर जनावरमा जाँच गरिनेछ भने त्यसपछि यसको प्रभावकारिताका बारेमा अर्को परीक्षण हुनेछ। यदि यो नयाँ विकसित भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको खण्डमा मानिसहरुमा परीक्षण सुरु हुनेछ।

चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन्। अस्ट्रेलियामा मात्र यस भाइरसबाट २१ जना संक्रमित भएको पाइएको छ।

कोरियामा कोरोना त्रास

चीनबाट १७५ जना नेपाली लिएर आएकाे जहाजलाई छुट्टै ‘पार्किङ’

वुहानबाट १७५ नेपालीको उद्धार, ६ जनालाई विमानस्थलमै छाेड्याे

यस कारण बुहान विमानस्थलले रोक्यो ६ नेपालीलाई

चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीमा बनाइयो यस्तो क्वारेन्टाइन

चीनबाट स्वदेश ल्याइने नेपालीले सुरुमै मान्नुपर्छ यस्ता सर्त

कोरोना भाइरस नियन्त्रण गर्न विश्वका यी देशले चीनलाई सघाउने

नेपालमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या

चीनले लुकायाे कोरोनाबाट २५ हजारभन्दा बढिको मृत्यु भईसकेको रिपोर्ट

कोरोना भाइरस : संसारभर फैलनुबारे नेपाली नेताका यस्ता आशंका

कोरोना भाइरस रोक्न मानवरहित ड्रोनबाट छरियो हावामा विषादी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर