mia

पूर्व पोर्नस्टार मिया खलीफा वैवाहिक जीवनमा प्रवेश गर्ने भएकी छिन्। यसै वर्ष मार्चमा इन्गेजमेन्ट गरेकी उनले आउँदो वर्ष २०२०मा उनले उनको प्रेमी रबर्ट स्यान्डबर्गसँग विवाहको गर्ने घोषणा गरेकी हुन्। यसअघि दुवैले २०२१मा गर्ने भनिएको विवाह आपसी समजदारीमा २०२०मा गर्ने भएका हुन्।

मियाले उक्त निर्णय सामाजिक संजाल ट्विटरमा सार्वजनिक गरेकी हुन्। यो मियाको दोस्रो विवाह हो । यसअघि उनले सन् २०११मा आफ्नो हाइ स्कुल शिक्षकसंग विवाह गरेकी थिइन्। २०१४ मा उनीहरु छुट्टिएका थिए । २०१६मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

'दबंग ३' को 'मुन्ना बदनाम हुआ' सार्वजनिक

munna badnam
अभिनेता सलमान खान अभिनित फिल्म 'दबंग ३' को नयाँ गीत सार्वजिक भएको छ। डिसेम्बर २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मको ' मुन्ना बदनाम हुआ' बोलको गीत शनिबार सार्वजनिक भएको हो । गीतको भिडियोमा सलमानसँग वारिना हुसैन देखिएकी छिन् । यस फिल्ममा अभिनेता सलमान खान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् ।

केहि दिन अघि सार्वजनिक भएको यस फिल्मको ट्रेलर पनि दर्शकले निकै रुचाएका थिए । यस फिल्ममा सलमानको पत्नीको भूमिका सोनाक्षी सिन्हाले निभाएकी छिन् । यस फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् । यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...