1478958692 banner ad format

 
 

काठमाडौं  । नेपालकी चर्चित गायिका मिलन अमात्यले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् ।

Milan Amatya

करिब ६ वर्ष अगाडी बिहे गरेकी मिलनले पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेममा रहेकोबुझीएको छ ।  मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट आधिकारिक रुपमा श्रीमान मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् ।

 

पारिवारिक सुत्रका अनुसार मिलनको डिभोर्सको मुख्य कारण साँगीतिक करियरमा पतिको असहयोग नै हो । त्यसयता दीपक लिम्बुसँग नजिकिनु पनि डिभोर्सको कारण बताइएको छ ।

मिलनसँग आफ्नो डिर्भोस भएको पति मेन्सनले पु्ष्टि गरेका छन् । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको अहिलेसम्म सन्तान छैनन् ।

भारतको आसाममा जन्मिएकी मिलन भारतमा समेत जमेकी गायिका हुन् । उनको ‘गाला रातै, स्लोली स्लोली’ जस्ता चर्चित गीतहरुमा स्वर दिएकी छन् । मिलन अमात्यले भने यसबारेमा केहि बोलेकी छैन ।

प्रकासित मिति

Loading...

 

yummyfood