1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई आज अवार्ड दिएको छ । 

kalo pothi

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७१, २०७२ र २०७३ को क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो । 

विसं २०७३ मा रिलिज भएका फिल्ममध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटक मीन भाम र अविनाश विक्रम शाहले (कालोपोथी) अवार्ड पाए । 

त्यस्तै सम्पादनतर्फ डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता विपीन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले अवार्ड पाए । 

विसं २०७२ मा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी)ले अवार्ड पाए । 

त्यसैगरी विसं २०७१ सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)ले अवार्ड पाए  । 

उक्त कलाकारलाई फिल्म निर्देशक यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र नायिका भुवन चन्दले अवार्ड प्रदान गरे। 

कार्यक्रममा समाजका अध्यक्ष यज्ञशले प्राविधिक कारणले समयमा नै उक्त अवार्ड वितरण गर्न नसकेको भन्दै नेपालमा निर्माण भइरहेका मौलिकतामा आधारित राम्रा कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रममको आयोजना गरेको बताए  । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood