1478958692 banner ad format

 
 

चलचित्रमा तारेभीरका समसामयिक घटनाक्रमहरूलाई चित्रण गरिएको छ । देशलाई आपराधिक गतिविधिबाट मुक्त गर्न के–कस्तो कदम चल्नुपर्छ जस्ता धेरै कुराको मिश्रण हो- चलचित्र ‘तारेभीर’ ।

movie tarebhira

आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तारेभीर’लाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् भने यसका निर्माता डी.के. देवान हुन् । नायिका रेखा फागो तथा नायक नवीन कार्की यही चलचित्रमार्फत नेपाली चलचित्रमा पदार्पण गर्दैछन् । रेखा यो चलचित्रमा प्रकृति नामकी मुख्य पात्र हुन् ।

रेखा चलचित्रमा धेरै संघर्ष र दु:ख गरी अप्ठ्याराहरूलाई पार लगाउने भूमिकामा प्रस्तुत हुँदैछिन् । यो चलचित्रमा प्रेम सुब्बा र कृष्ण आचार्यको कथा, कमल राईको नृत्य, जनक गुरुङको द्वन्द्व तथा रामप्रसाद चौधरीको सम्पादन हेर्न पाइन्छ । 



प्रकासित मिति

Loading...

 

yummyfood