1478958692 banner ad format

 
 

काठमाडौँ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । 

नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । 

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ । 

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो । 

बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ । 

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले केही दिनमैै सही उम्मेदवार छनौट गरी नियुक्ति दिने जानकारी दिए । 

चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood