1478958692 banner ad format

 
 

काठमाडौं । नेपाली फिल्म जगतका धेरै अभिनेत्रीहरु अमेरिकामा रहेका छन् । कुनै समय ठुलै चर्चा कमाएका नेपाली अभिनेत्रीहरु एकाएक अमेरिका भासिएका थिए ।

नेपाली फिल्मबाट सोचेजस्तो प्रगति गर्न नसकेपछि भविष्य सुनिश्चित गर्न पनि उनीहरु अमेरिका भासिएको बेलाबेलामा मिडिया रिपोर्टहरु आउने गर्छन् । उनीहरु अमेरिकाका विभिन्न राज्यमा बस्दै आइरहेका छन् । 

Karishma Manandhar with Gauri Malla min

लामो समय अमेरिका बसेर फर्कने नेपाली कलाकार हुन् गौरी मल्ल र करिश्मा मानन्धर । करिश्मा मानन्धर राजनीतिमा लागेकी छिन् । उनी नयाँ शक्ति पार्टीकी नेतृ हुन् । त्यस्तै गौरी मल्लले भने अभिनय यात्रालाई पुन निरन्तरता दिएकी छिन् ।


कृष्टि मैनाली

Kristi Mainali
नेपाली फिल्ममा कुनै समय आफ्नो अदाकारिताका लागि चर्चित थिइन् कृष्टि मैनाली । उनी परिवारकासाथ न्युर्योक राज्यमा बस्दै आइरहेकी छिन् । मिडिया रिपोर्टका अनुसार अमेरिकामा रहेता पनि नेपाली फिल्मसँग सम्बन्धित मानिसहरुको सम्पर्कमा भने उनी छैनन् ।


पुजा चन्द

Puja Chand min


नेपाली फिल्मलाई एक्कासी माया मारेर अमेरिका भासिने अभिनेत्री हुन् पुजा चन्द । उनी बाल्टीमोरमा परिवारका साथ व्यवसाय सञ्चालन गरेर बस्दै आइरहेकी छिन् ।


बाल्टीमोरमा बस्ने अन्य कलाकारहरुमा सारंगा श्रेष्ठ, रिचा शर्मा अरुणिमा लम्साल रहेका छन् । बाल्टीमोरमा बस्ने नेपाली कलाकारहरु अन्य कलाकारहरुभन्दा सक्रिय रहेका छन् । बाल्टीमोरमा नेपालीहरु कलाकारहरुको संख्या बढी भएका कारण पनि उनीहरुको सक्रियता बढी भएको अनुमान लगाउन सकिन्छ ।


सारंगा श्रेष्ठले अमेरिका नृत्य कक्षा सञ्चालन गर्दै आइरहेकी छिन् ।


जल शाह

shah min
नेपाली सिने जगतकी अर्की लोकप्रिय नायिका अमेरिकाको साल्ट लेक सिटीमा बस्दै आइरहेकी छिन् । करिब १० वर्षदेखि युटामा बस्दै आइरहेकी जल शाहले बेलाबेलमा सास्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गर्छिन् ।


अनुपमा


फिल्म के भो लौ न नी, रणभुमि जस्ता केही फिल्महरुमा अभिनय गरेकी अभिनेत्री भर्जिनिया राज्यमा आफ्नो परिवारका साथ बस्दै आइरहेकी छिन् ।


उषा पौडेल

usha poudel min
केही समय बाल्टिमोरमा बस्दै आइरहेकी उषाले नायक सुधाम्सु जोशीसँग विवाह गरेकी थिइन् । हाल उनी सुधाम्सु बसिरहेको भर्जिनिया राज्यमा बस्दै आइरहेकी छिन् ।


सज्जा मैनाली


कमेडियन स्वर्गीय गोपल राज मैनालीकी छोरी सज्जा मैनाली पेनसल्भिनियामा बस्दै आइरहेकी छिन् । सज्जा पनि त्यति धेरै फिल्मकर्मीहरुको सम्पर्कमा छैनन् ।


युना उप्रेती

yuna upreti min
पर्खि बसे फिल्मबाट एकाएक चर्चाको शिखर चुमेकी अभिनेत्री युना टेक्सस राज्यमा आफ्नो श्रीमान्सँग बस्दै आइरहेकी छिन् ।


निष्ठा मल्ल शाह


कुनै समयको लोक प्रिय कार्यक्रम गिताञ्जीकी सञ्चालिक तथा फिल्म अभिनेत्री निष्ठा शाह मल्ल बोस्टन राज्य बस्दै आइरहेकी छिन् ।


रञ्जना शर्मा


न्युर्योक


सौजन्य सुब्बा


पेनसल्भिनिया

बिनिता बराल

Binita Baral min
ओहायो


नन्दिता केसी

Nandita KC
न्युर्योक



प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood