1478958692 banner ad format

 
 

काठमाडौँ - फिल्म ‘चर्खा’को पहिलो गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको शुभ अवसर पारेर फिल्ममा समावेश नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा तयार पारिएको 'घन् घन् मादल घन्कियो' बोलको गीत सार्वजनिक गरिएको हो । विकाश चौधरीको संगीत रहेको यो गीतलाई गोबिन्द गौतमले लेखेका हुन । 

 charkha1

गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । गीतको भिडियोमा दिब्य सुबेदीले क्यामरा चलाएका छन् भने कविराज गहतराजले कोरीयोग्राफी गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको यो गीतको भिडियोमा नायक दीलीप रायमाझी र गायिका जुनु रिजाल फिचरिङ छन् । फिल्ममा निर्जन थापा, सुशान्त कार्की, सुरबिना कार्की, रजनी केशी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

 

सन्जिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृण खडका, रुपेश केसीको संयूक्त लगानीमा फिल्म निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता शहदेब गौतम हुन् । फिल्मलाई निर्देशक गोबिन्द गौतमले नै लेखेका हुन । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood