1478958692 banner ad format

 
 

काठमाडौँ - भाद्र ३० गतेलाई रिलिज कन्फर्म गरिएको नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म 'जोनी जेन्टलम्यान'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । ट्रेलरमा पलको एंग्री लुक्स पनि देख्न सकिन्छ । 'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' प्रतिक्षित बनेको छ ।

Nepali Film Johnny Gentlemen Trailer Release

नितिन चन्दको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाह जोनीको भूमिकामा छन् । 

फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood