1478958692 banner ad format

 
 

शंकर के सी, काठमाडौँ । धमाधम तीज गीतहरु आइरहेको समयमा एक फरक शैलीको तीजले यतिखेर बजारमा चर्चा कमाइरहेको छ ।

nepali teej song by Arjun Kaushal

चर्चीत गायक पाल्पाको छोरो अर्जुन कैशलले आफ्नै श्रीमती रिता कौशलको साथमा ‘रातो सारी लर्काउँदै’ बोलको तीज गीत ल्याएका हुन् । यस गीतको भिडियोमा हाँस्य कलाकारहरुको बेजोड प्रस्तुती देख्न सकिन्छ भने गायकले स्वर विगारेर फरक ढंगबाट गाएका छन् ।


आफुहरुले निकै मिहेनतका साथमा यो गीत तयार पारिएको जनाउँदै गीतमा अभिनय गरेका कोहलपुर घर भएका हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’ले दर्शक श्रोताको माया पाउनेमा आशा राखे ।

अर्जुन कौशलकै लय, शव्द र एरेन्जमा तयार पारिएको यस गीतको भिडियोमा केशव सापकोटा ‘भैंसीको कसम’, ‘गुलेली कान्छा’, शिला निरौला ‘विमली’, दिपासा विसी ‘जलपरि’, सन्ध्या बुढा ‘काउली बुढी’ लगाएतका कलाकारहरु अटाएका छन् । यो गीत रेन्बो म्युजिक प्रालिबाट बजारमा आएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood