1478958692 banner ad format

 
 

काठमाडौँ - २ वर्ष अगाडी नेपाली गीतसंगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफल्तासंगै वर्षा कर्माचार्यको नामको अगाडी थपिएको उप–नाम थियो, सफल गायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

Barsha karmaacharya

भर्सस्टाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडी मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समय चलचित्रमा निकै ब्यास्त रहेका संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।


हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन,‘–म सधै आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमापनि मैले दर्शकलाई नयाँपन दिन खोजेकी छु’, गायिका वर्षाले बताइन् ।

वर्षाले विदेशमा बसेरपनि नेपाल र नेपाली गीत,संगीत कलालाई धेरै माया गर्ने बताउछिन् । उनी भन्छिन्, ‘नेपाली साङ्गीतिक क्षेत्रलाई सधै योगदान गर्दै, विश्वमा नेपाली गीतलाई माथि पुर्‍याउने सोच रहेको छ ।’


धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफीपनि गायिका वर्षाले नै गरेकी छिन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसंगै अभिनयपनि उत्कृष्ट रहेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood