1478958692 banner ad format

 
 

काठमाडौँ - डेढ बर्ष अघि सार्वजनिक भएको सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको ‘आई लभ यु’ बोलको गीतले युट्युबमा एक करोड भ्यु पुगको छ । यसै अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी केक काटिएको छ ।

Nepali Video by Saroj Oli and Indira Joshi


बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको संगीतमा रहेको गीतमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ करोड ३९ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।


कलाकार तथा सञ्चारकर्मीको उपस्थितीमा भएको कार्यक्रममा कलाकारहरुले एक करोड भ्यु पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यु पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पु¥याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् ।

Nepali Video by Saroj Oli and Indira Joshi 2

यस्तै ओलीले गीतले अहिलेसम्म यो गीतबाट ९ लाख भन्दा बढिको कमाई भएको समेत बताएका छन् । कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा सरोज ओलीको दोश्रो गीतको बारेमा पनि चर्चा गरिएको थियो । सरोज ओलीको स्वरमा रहेको ‘आई लभ यु २’ अहिले नेपालको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood