pagalpanti

बलिउड कमेडी फिल्म पागलपन्ती यतिखेर प्रदर्शनमा रहेको छ । गएको हप्ता प्रदर्शनमा आएको यस फिल्मले हालसम्म राम्रै ब्यापार गरेको छ । २२ नोभेम्बरमा प्रदर्शनमा आएको यस फिल्मको बक्सअफिस कलेक्सन निरासाजनक छ ।

७० करोडमा निर्माण भएको यस फिल्मले पहिलो दिन साढे पाँच करोडको कमाइ गरेको थियो । भने दोस्रो दिन ६ करोड २५ लाख, तेस्रो दिन ८ करोड २५ लाख, चौथो दिन २ करोड ५० लाख, पाँचौ दिन २ करोड ३५ लाख कमाइ गर्यो । यस फिल्मले सातौ दिनमा १ करोड ९० लाख कमाएको छ । एक हप्ता हुँदा पनि यस फिल्मले १०० करोड कमाउन सकेन । भारतिय मिडियाका अनुसार हालसम्म यस फिल्मले २८ करोड ९५ लाख मात्र कमाएको छ ।

यस फिल्मको ट्रेलर पनि दर्शकले निकै रुचाएका थिए । तर फिल्मले भने निराशा बनायो । यस फिल्ममा सबै कलाकार फरक फरक अवतारमा देखिएका छन् । कमेडीनै कमेडीले भरिएको यस फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका छन् । फिल्ममा चर्चित अनिल कपूर र जोन अब्राहम सँगै इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, सौरभ शुक्ला, कृति खरबन्दा, उर्वशी रौतेला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर