tealaya add

 parmita

नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्ने भएकी छिन् । तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्ने भएकी हुन् ।

फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो ।

फिल्ममा परमिताको जोडी अभिनेता गोपीचन्दसँग रहनेछ । पहिलोपटक तेलुगु फिल्ममा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको परमिताले बताएकी छिन् । सामाजिक सञ्जालमा उनले एक लामो स्टाटस लेख्दै आफू निकै उत्साहित भएको बताइन् ।

साथै उनले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गरेकी छिन् । यद्यपि परमिताले अभिनय गरेका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल छैनन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर