parash saha

पछिल्लो समय धेरै चर्चामा आएका पूर्व युवराज पारस शाहको फेरी एउटा भिडियो भाइरल भएको छ । सोनिका रोकाया, अन्नपूर्ण बेसक्याम्प हुँदै मुक्तिनाथ मन्दिरको दर्शनले उनले चर्चा सँगै आलोचित भएका बेला मुखमा चुरोट च्याप्दै पर्समा आगो बालेर जादु देखाएर थप चर्चामा आएका छन् ।

टिकटकमार्फत सार्वजनिक भएको उक्त भिडियोमा उनलाई कसैले जादु देखाउन आग्रह गरेपछि उनले पर्समा आगो बालेर निभाएका छन् । पारसले पर्समा बालेको आगो र निभाएको शैली हेर्दा कुनै जादुगरको भन्दा कम्ता छैन ।

पासर परिवारबाट टाढिएका विन्दास जीवनशैली बिताइरहेका छन् । प्रायः उनी घुमघाममा व्यस्त हुने गरेका छन् ।

केही दिन अघि मात्र पूर्व राजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा र बुहारी हिमानीका साथमा लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...