1478958692 banner ad format

 
 

काठमाडौँ - रियल र रिल लाइफका हिरो-हिरोइन मिलाएर बनाइएको नयाँ म्युजिक भिडियो परिवर्तनले अहिले निकै नै तहल्का मच्चाइ रहेको छ ।

 paribartan min

अहिलेकी चर्चित र महंगी नायिका सम्राज्ञी देखि CNN Hero बन्न सफल अनुराधा कोइरालासम्म यसमा अटाउन सक्नु नै रोचक विषय बनेको छ ।  अहिलेको सबै युवाहरुको Crush भनी चिनिने साम्राग्यिको लोभलाग्दो मुस्कान र मनै लोभ्याउने अभिनय होस् वा रामेश्वर यादव भनी चिनिने चर्चित नायक नाजिर हुसैनको पहिलो ब्यालेट डान्स सबै पृथक छ ।

नाजिर भन्छन् - मलाई मुस्लिम समुदायको भनेर आरोप लाग्ने गरेको छ, त्यसैले मैले मन्दिरमा रङ्सँग खेल्ने हिम्मत गरेको छु । अहिलेको सबै केटिहरुको crush भनी चिनिने अमृत ढुंगाना पनि chocolaty पारामा देखिएका छन् । दिपाश्री निरौलाको हातमा रातो गुलाफ अनि उनी लजाउनु र छेवैमा दिपक हुनुले दिपा-दिपकको अन स्क्रिन रोमान्स र प्रेम अझै नै छ है भन्ने आभास राम्रैसँग दर्शकले पाउँछन् ।  ऋषि धमला भनेर नचिन्ने कोइ छैनन् होला । नेपाली पत्रकारिता जगतमा क्रन्ति ल्याउने पत्रकार होस् या धेरै विषयलाइ लिएर निकै चर्चामा आउने ऋषि धमलाको पनि अभिनय देख्न सकिन्छ यस भिडियोमा ।

निर्देशक आशिष पौडेलको निर्देशन शैली र कथा वस्तु र पस्कने शैलिले मन छुन सफल भएको छ । निर्देशकले कलाकारको रुपमा पनि डेब्यु गरेका छन् र उनको लुक्सको पनि बजारमा तारिफ हुन थालेको छ । 

What the flop का सन्दिप क्षेत्रीको मुस्कान र नयाँ लुक्स पनि तारिफयोग्य छ । भलिबल खेलाडी सिपोरा गुरुङ, पवित्र समाजसेवा आश्रमकी दीक्षा चापागाईंको समाजसेवा , डा. भोला रिजालको comeback , अनिल केशरी शाहको जुँगा पनि यहाँ तारिफ योग्य रुपमा प्रस्तुत गरिएको छ । वैग्यानिक तथा म्यागासेसे पुरस्कार विजेता महाविर पुनको सादगी , साहित्यकार खगेन्द्र संग्रौलाको परिवर्तनप्रतिको अभिलाषा यहाँ पनि देख्न पाइन्छ । आशिष पौडेलको निर्देशनमा बनेको यो भिडियोमा स्वर-संगीत सेतो यति ब्यान्डको रहेको छ ।

परिवर्तनले मीठो शैलिमा आफुलाई परिवर्तन गर्न सिकाएको छ । धार्मिक सहिष्णुता , सहयोगको भावना अभिवृद्धि , अग्रजलाई सम्मान गर्न , हिम्मत कहिल्यै नहार्न , आफुलाई सम्हाल्न लगायत सफलता पाउनको लागि गर्नुपर्ने सम्पुर्ण काम यसले करिब ४.५ मिनेट मै सिकाएको छ ।

भिडियोको छायांकन संगम तामांग, सुबाश पौडेल र किरण श्रेष्ठले गरेका हुन् भने मोसन ग्राफिक्स सुबाश पौडेलको रहेको छ । भिडियोमा आसिश पौडेल, आसिश अधिकारी, प्रसंसा बस्नेत, आरजू बस्नेत, मनिष तामांग, बुनु ज्ञवाली, अदिति ज्ञवाली, साइ बस्नेत, निकिता तामांग, रमिषा बस्नेत,कभ्या भुसालको पनि रहेको छ । यस गीतमा आवाज  सन्जिब गौतम र र्यामोंड ज्ञवालीले दिएका छन् । यस गीतमा सब्द आसिश र अयुस्मानको रहेको छ ।

हेर्नुहोस भिडियो :

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood