tealaya add

mission mangal saho

साहो
तेलेगु स्टार प्रभास र श्रद्धा कपूर स्टारर फिल्म “साहो” ले दुई हप्तामा चार अर्ब २४ करोड कमाएको छ । यो फिल्मको विश्वव्यापी व्यापार हो । सुरुवातमा फिल्मले केही टिका–टिप्पणी झेल्नु परेपनि बक्सअफिसमा भने राम्रै कमाए गरेको छ ।

फिल्मको कमाईबारे युभि क्रियसनले ट्वीटरमा ट्वीटबाट जानकारी दिएका हुन् । फिल्ममा ज्याकी श्राँफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी, महेश मांजरेकर, अरुण विजय र मुरली शर्मालगायत अन्य कलाकारहरु छन् ।

प्रभास फिल्म बहुबलीबाट चर्चामा आएका हुन् । उनी अहिलेका चर्चीत नायकमध्ये एक हुन् । फिल्मलाई दर्शकहरुले सामाजिक सञ्जालबाट हलिउड फिल्मको चोरीको आरोह लगाएका थिए । तर, फिल्मले विश्वव्यापीरुपमा राम्रै कमाई गरेको छ ।

मिसन मंगल
यता अभिनेता अक्षय कुमार को चलचित्र “मिसन मंगल” ले २ अर्ब ८६ करोड ७० लाख कमाएको छ । यो रेकर्ड रिलिजको दिनदेखि अहिलेसम्मको हो । यस फिल्मले रिलिजको दिन २९ करोड १६ लाखको व्यापार गरेर बलिउड फिल्म २०१९ को सबैभन्दा ठूलो दोस्रो ओपनिङ्ग गरेको थियो । अक्षयले फिल्मको सफलता र कमाइबारे ट्वीट गर्दै जानकारी दिएका हुन् ।

जगन शक्ति निर्देशित उक्त फिल्म १५ अगस्टदेखि प्रदर्शनमा आएको थियो । केप अफ गुड फिल्मस् होप प्रोडक्सन, फक्स स्टार स्टुडियो, अरुन भाटिया र अनिल नाइडुको निर्माणमा यो फिल्म ३२ करोडमा बनेको थियो ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले मन पराएका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर