pradeep 2

यो बर्षको बहुप्रतिक्षीत नेपाली चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको मोसन टिजर बुधबार सार्वजनिक भएको हो । टिजर पोस्टरमा चर्चित अभिनेता प्रदीप खड्कालाई देखाइएको छ । उनी पोष्टरमा योद्धा अवतारमा देखिएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त निर्देशन गरेको यस चलचित्र दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ । चलचित्र ‘प्रेमगीत ३’ कार्तिक २२ गतेबाट छायाँकनमा जाँने तयारीमा रहेको छ । यस चलचित्रमा अभिनेता प्रदीप खड्का अपोजिटमा क्रिष्टिना गुरुङले खेल्ने बताइएको छ । यस चलचित्रमा प्रदीप खड्कासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...