tealaya add

काठमाण्डौ – देशभरबाट २ हजार ७ सय १४ जनाले आवेदन हालेकामा  २५ जना युवती ‘प्रेम गीत ३’ चलचित्रको नायिका बन्न ‘शर्टलिस्ट’मा परेका छन् ।

Kantipathnews Prem Geet 3

‘आशुसेन फिल्मस प्रोडक्सन’ले निर्माण गर्ने चलचित्रका लागि ‘गीत’को भूमिकाका लागि खुल्ला प्रतिस्पर्धाबाट नायिका छान्न आवेदन आह्वान गरिएको थियो ।  

Kantipathnews Prem Geet 3a

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् । 

Kantipathnews Prem Geet 3b

आशुसेन फिल्मस्‌ले यसअघि चलचित्र ‘प्रेमगीत’ का लागि नायक प्रदीप खड्कालाई पनि अडिसन मार्फत छनोट गरेको थियो ।

Kantipathnews Prem Geet 3c

प्रेम गीतका दुबै सिरिज सुपरहिट चलचित्र हुन् । यसको तेस्रो सिरिज ‘प्रेम गीत ३’ आगामी २८ चैतमा प्रर्दशनमा आउने घोषणा गरिएको छ ।

Kantipathnews Prem Geet 3d

छेतेन गुरुङ र निर्माता सेनले सयुंक्त रुपमा निर्देशन गर्ने यो चलचित्र आउँदो चैत २८ गते रिलिज हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर