1478958692 banner ad format

 
 

पोखरा । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ । 
prem git 2 Pokhara charity
पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ युवा सहभागी समाजिक सञ्जाल मेन्स रुम रिलोडेडको संयोजनमा आयोजित उक्त च्यारिटी सोमा चलचित्रका दर्शक, कलाकार, सञ्चारकर्मीसहितको उपस्थिति थियो । 

पुख्र्याैली थलो नेपाल रहेर पनि विभिन्न कारणवस म्यान्मारमा बस्दै आएका सर्वसाधारणमा नेपाल र नेपालीप्रतिको आत्मियतालाई चलचित्रमा देखाइएको छ । एउटा सच्चा प्रेममा माया पाउन निकै संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको निर्देशक रामशरण पाठकले बताए । 

निर्माता सन्तोष सेनका अनुसार रु दुई करोड लागतमा निर्माण गरिएको प्रेमगीत – २ तयार हुन लगभग डेढ वर्षको समय लागेको हो । 

चलचित्रमा काठमाडौँ, राराताल, म्यानमार, थाइल्याण्ड आदि स्थानका दृश्य समेटिएको छ । प्रेमगीत – १ को सफलताले प्रेमगीत – २ का लागि प्रेरणा दिएको बताउने चलचित्रका नायक प्रदीप खड्का (प्रेम)ले यो चलचित्र अत्याधिक दर्शकले मन पराउने विश्वास व्यक्त गरे। 

चलचित्रकी नायिका अश्लेषा ठकुरी(गीतु)ले चलचित्र हेरेपछि नेपाली मूलका म्यान्मारवासीले नेपाललाई गर्ने माया, त्यहाँ रहेका नेपालीप्रतिको धारणा, सच्चा प्रेमका लागि गर्नुपर्ने संघर्षलगायतका विषयलाई दर्शकले अनुभूति गर्ने बताए । 

प्रकासित मिति

Loading...

 

yummyfood