1478958692 banner ad format

 
 

काठमाडौँ - बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनसका साथ विवाह गरेसँगै हरेक दिन कुनै न कुनै कुराका कारण खबरमा छाइरहेकी हुन्छिन् ।

priyanka chopra kantipath

सामाजिक सञ्जालमा उनले शेयर गरेका तस्बिर तथा उनले कुनै अन्तर्वार्तामा गरेको कुराकानी पनि चर्चामा आउने गरेको छ ।

मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वर्ल्डको ताज जितेर बलिउडकी स्थापित अभिनेतृ प्रियंकाले आफूलाई त्यहाँसम्म मात्रै सीमित राखिनन् । बलिउडमा स्थापित अभिनेत्रीको रुपमा लाखौं दर्शकको मन जितेकी प्रियंकाले एकाएक हलिउडमा पाइला टेकिन् ।

त्यतिबेला धेरैले प्रियंकाको हलिउड जाने निर्णय गलत हुने अनुमान गरेका थिए । तर प्रियंकाले त्यो अनुमानलाई गलत सावित गर्दै हलिउडमा पनि सफलता हासिल गरिन् । हलिउड उद्योगमा आफ्नो स्थान बनाउँदै उनी संसार भरका दर्शकको ध्यान आकर्षित गर्न सफल भइन ।

हलिउड मार्फत ‘ग्लोबल आइकन’ बनिसकेकी प्रियंका चोपडाले अब राजनीतिक यात्रा पनि सुरु गर्न चाहेको बताएकी छिन् । प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन् । उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएकी छिन् ।

priyanka and jones kantipath


प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताएकी छिन् । तर प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन् ।

प्रकासित मिति

Loading...