1478958692 banner ad format

 
 
काठमाडौं- निश्चल घिमिरेको स्वर र संगीत रहेको सिडिएल्वम ‘‘गाजलीलाई आज हेरेर टोलाएँ’ बुधबार सार्वजनिक गरिएको छ । गजलकार राजेन्द्र घिमिरे 'सागर'को शब्दका गजलमा उनकै सुपुत्र निश्चल घिमिरेले स्वर र संगीत दिएका हुन् ।
समारोहमा राजेन्द्र घिमिरेकै सुपुत्री रविना घिमिरे 'जिज्ञाशु'ले १० वटा गजल वाचन गरिन् ।
नित्य कुमारी पन्तको सभापतित्वमा भएको कार्यक्रम  राम बहादुर पहाडी, शितल कादम्बिनी, कौशिला रिसाल, बैरागी जेठा, मनोज उपाध्याय, टिकाराम पोखरेल, मणिराम भुसाल, बिष्णुबाबु देवकोटा, देवेन्द्र अर्याल, बादल घिमिरे पुर्षोतम रसुवा, महादेव अधिकारी, गायिका चन्द्रा मरासिनी 'जुना'लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
चमेरो म्युजिक र आत्रेय च्यानलले आयोजना गरेको कार्यक्रमको संचालन देवेन्द्र अर्याल 'आँशु'ले गरेका थिए। गजलकार राजेन्द्र घिमिरेको परिवारमा रहेको साहित्यप्रतिको अभिरुचिको अतिथी, दहभागी सम्पूर्णले मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा रविना घिमिरेद्वारा वाचित गजल माथि गजलकार द्वेय रामबहादुर पहाडी एवम् शितल कादम्बिनीले समिक्षात्मक टिप्पणी गरे । गजलहरूको म्यूजिक भिडियो केही दिन पछि यु-ट्युबमा आउने बताईएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood