annapurna add

thulo mannnbh

महानायक राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ६ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

'अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका छन्,' उनले भने । प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो ।

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार