tealaya add

 rakhi

बलिउडकी कन्ट्रोवर्सी क्वीन राखी सावन्त सधै चर्चामा आउने गर्छिन । राखीले गोप्य रुपमा केहि साता आगाडी बेलायतस्थित एनआरआईसँग विवाह गरेकी थिइन् । सामाजिक सञ्जाल 'instragram ' मार्फत राखीले आफ्नो गीत छप्पन चुरीलाई फ्यानहरूबाट हिट बनाउन अनुरोध गरिरहेकी छिन साथै अब सधैको लागि भारत छोडेर आफ्नो पतिसँग बेलायतमै बस्ने बताएकी छिन् ।

भिडियोमा राखीले आफ्नो यो गीत ६ नम्बरमा रहेको र आफु बेलायत जानु भन्दा अगाडि १ नम्बरमा ल्याउन चाहेकी छिन् । आफुले १२/१५ वर्ष यस क्षेत्रमा मेहेनत गरेर बसेको र अब छोडेर जानु अगाडि फ्यानहरुको सहयोगले फिल्मी क्षेत्रमा आफ्नो अन्तिम गीतलाई हिट बनाउन अनुरोध गरेकी छिन् ।

राखी सिन्दुर र मंगलसुत्र लागाएर भिडियोमा देखा परेकी छिन् । राखीले आफ्नो पतिको बारेमा मिडियामा अरु केही बताएकी छैनन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...