tealaya add

 rano

पछिल्लो समय भाइरल भएकी भारतीय नवगायिका रानु मण्डलको पहिलो गीत सार्वजनिक भएको छ। गायक हिमेश रेशमियाको आवाज रहेको ‘तेरी मेरी कहानी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो । रेलवे स्टेसनमा गाउँदै भिख माग्ने रानु मण्डल अब एक सफल गायिका भएकी छिन् । रानुलाई हिमेशले बलिउडमा इन्ट्री गराएका थिए। ‘तेरी मेरी कहानी’ हिमेश अभिनित चलचित्र ‘ह्याप्पी हार्डी एण्ड हीर’मा समाबेस रहेको छ ।

पश्चिम बङ्गालको रानाघाटा रेल्वे स्टेशनमा गीत गाएर गुजारा गर्ने रानु मण्डल पहिलो गीत सार्बजनिक नहुदै हिट भएपछि उनको दोस्रो गीत ‘आदत’ रेकर्ड भएको छ । रानुले गएको दोस्रो गीत पनि ‘ह्याप्पी हार्डी एण्ड हीर’ भन्ने फिल्मको लागि हो । उक्त फिल्मको पहिलो गीत ‘तेरी मेरी कहानी’ अहिले युट्युबमा ट्रेण्ड भैराखेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...