1478958692 banner ad format

 
 

एजेन्सी -८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रीकी चर्चित नायिका निशा नूरसँग रजनीकान्त र कमल हसनजस्ता चर्चित स्टार काम गर्न चाहन्थे । त्यतिबेला निशाले थुप्रै फिल्ममा काम गरिन् ।

तर एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिए जसका कारण उनले बदनामीका कारण सधैंका लागि फिल्मी क्षेत्र छोड्नुपर्यो । त्यसको थुप्रै वर्षपछि सडकमा निकै नाजुक अवस्थामा भेटिएकी थिइन् निशा । वरिपरिका मानिसहरुले उनलाई अस्पताल भर्ना गरेपछि उनलाई एड्स भएको थाहा भयो । जब निशालाई नागोरको दरगाह नजिकै भेटियो तब उनको शरिरमा किरा र कमिलाले डेरा जमाएका थिए ।

यी अभिनेत्रीको एड्सका कारण मृत्यु भएपछि यसले मिडियामा निकै धमाका पिटेको थियो । आज हामी तपाईंलाई एड्स लागेर मृत्यु भएका चार सेलिब्रिटीबारे जानकारी दिँदै छौं ।

पेड्रो पाब्लो जमोराः

pedro pablo zamora min

अमेरिकामा जब समलैङ्गिकतालाई अपराध मानिन्थ्यो तब पाब्लो यस्ता व्यक्ति थिए जसले खुलेर आफू समलिङ्गी भएको कुरा स्विकारेका थिए । पाब्लो र उनका समलिङ्गी पार्टनर सीन सस्सेर एड्सले ग्रस्त थिए । पाब्लो एमटीभीका चर्चित कार्यक्रम द रियल वर्ल्डः सान फ्रान्सिस्कोमा आफ्नो रोग र समलिङ्गी भएकोमा खुलेर कुरा गरेका थिए । उनको मृत्यु सन् १९९४ नोभेम्बर ११ तारिखमा भएको थियो । त्यसदिन उनको रियालिटी शोको अन्तिम एपिसोड पनि अन–एयर भयो । उनको मृत्यु भएको केही दिन पछि नै उनको पार्टनरको मृत्यु पनि भयो ।

जिया सारंगीः

Jia Sarangi min

यी अमेरिकी मोडल संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन् । उनलाई २६ वर्षको उमेरमा नै एड्स लागेको थियो । एक समय उनी मोडलिङ जगतको शिखरसम्म पुगेकी थिइन् । तर उनलाई लागुऔषधको लत लाग्यो जसका कारण उनको करियरको ग्राफ खस्कन थाल्यो । निमोनियाका कारण उनलाई अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले उनको शरिरमा एचआइभी भाइरस पाए । त्यसको केही समयपश्चात् नै उनको मृत्यु भयो ।

 आर्थर ऐशेः

Arthur Ashe min

अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थर यूएस डेविस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी थिए । हार्ट बाइपास सर्जरीका क्रममा लिइएको रगतका कारण उनी एचआइभीको संक्रमणमा आए । आफ्नो रोगबारे थाहा पाएपछि उनले मानिसहरुलाई एड्सबारे जागरुक गराउनका लागि थुप्रै कदम उठाए । सन् १९९३ मा उनको यसै कारण मृत्यु भयो ।

 

रिक्की विल्सनः

Ricky Wilson min

अमेरिकी संगीत क्षेत्रमा निकै चर्चित थिए रिक्की । चर्चित ब्याण्ड बी५२ का उनी गितारिस्ट थिए । उनलाई आफू एचआईभी संक्रमित भएको कुरा सन् १९८३ मा थाहा भयो । त्यसको दुई वर्ष पछि रोगसँग लड्दा लड्दै उनको मृत्यु भयो ।

प्रकासित मिति

Loading...

 

yummyfood