1478958692 banner ad format

 
 

काठमाडौँ - पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले फिल्म घोषणा गरेकी छिन् । लामो समयदेखि फिल्म निर्माण र अभिनय गर्न कसरत गरिरहेकी एलिजाले बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म 'अनुराग' घोषणा गरिन् । फिल्ममा एलिजाको नै मुख्य भूमिका छ भने उनीसँग मोडल दीपक घिमिरेले रोमान्स गर्नेछन् । 

Rishi Dhamalal and Eliza Gautam

फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्मात्री तथा नायिका एलिजा गौतमले आफ्नो श्रीमान ऋषि धमालका कारण फिल्म निर्माण र अभिनयमा हात हालेको बताइन् । उनले भनिन्, 'मलाई धेरै पहिलादेखि नै फिल्म निर्माण र अभिनय गर्ने सोच थियो तर विभिन्न कारणले सम्भव भएन । अब भने फरक कथावस्तुमा 'अनुराग' निर्माण गर्दैछु ।' म्यूजिकल लभस्टोरी फिल्म भनिएको 'अनुराग'ले माया प्राप्तिका लागि गरिने संघर्षमा, मिलनमा खुशी र विछोडमा रोदनको कथा उठाउने छ । 

एलिजा गौतमको होम प्रोडक्सन कम्पनी एरिका फिल्मसबाट निर्माण हुने फिल्मलाई सत्यराज चौलागाईले निर्देशन गर्नेछन् । करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायाँकन काठमाडौं, पोखरा र इलामा हुनेछ । फिल्ममा दीपक र एलिजाका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा एलिजाले अनु र दीपकले रागको भूमिका निर्वाहा गर्नेछन् । 

फिल्ममा रामकुमार केसीको छायाँकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood