annapurna add

shahid jarsy

बलिउड एक्सन स्टार रितिक रोशनको फिल्म ‘सुपर ३० बाट चर्चामा आएकी अभिनेत्री मृणाल ठाकुर अब अर्को नयाँ फिल्ममा काम गर्ने भएकी छिन् ।मृणाल जी टिभीको चर्चित टेलिसिरियल कुमकुम भाग्यबाट पनि चर्चा कमाउन सफल रहेकी छिन ।

हरेक फिल्ममा उत्कृष्ट अभिनय गरेर दर्शककाके मन जितेकी अभिनेत्री मृणाल ठाकुर अब भने शाहिद कपूरको फिल्ममा काम गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले अभिनेता शाहिद कपूरको अपोजिटमा काम गर्ने बताइएको छ ।

साउथ फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा अभिनेता शाहिद कपूरसँग मृणाल ठाकुरले जोडी बाध्ने बताइएको छ । उक्त फिल्ममा शाहिद क्रिकेटरको भूमिकामा देखिनेछन् । गौतम तिन्नानुरीको निर्देशन गर्ने यस फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ । केहि समयअघि अभिनेता शाहिद कपूरको फिल्म कबीर सिंहले बक्सअफिसमा धमाकेदार ब्यापार गरेको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...