1478958692 banner ad format

 
 

काठमाडौँ - रेखा थापा अभिनीत पछिल्लो फिल्म ‘रुद्रप्रिया’ ले आफ्नो फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। आर्यन सिग्देल र रेखाले झन्डै सात वर्षपछि स्क्रिन सेयर गरेको उक्त फिल्मको एक पोस्टरमा रेखालाई सोलो रूपमा प्रस्तुत गरेको देख्न सकिन्छ। फिल्ममा समेत रुद्रप्रियाकै चरित्रमा देखिएकी रेखा पोस्टरमा भने बर्को ओढेकी रेखाले आधा अनुहार छोपेकी छन्। 

rudrapriya rekha thapa

‘यो समाजमा कोही नारी मुख लुकाएर हिँड्नुपर्ने बाध्यता छ भने कोही मुख देखाएरै विद्रोह गर्न आँट गरिरहेका छन्,’ नायिका रेखाले पोस्टरको आधा छोपिएको फोटो राख्नुको अर्थ प्रस्ट्याउँदै भनिन्। सुदीप बब्बी भूपाल सिंहको निर्देशन रहेको फिल्ममा आर्यनले एक बाला नामक असल प्रेमीको भूमिका निर्वाह गरेका छन्।

रेखाले थपिन्, ‘दर्शकलाई आर्यनको चरित्र एकदमै मनपर्ने छ। मायालु चरित्रको लभरब्वाइको भूमिकामा देखिएको बाला प्रेमिकाको निमित्त जे पनि गर्न तयार हुन्छ।’ रिभेन्ज लभस्टोरीको पटकथा निर्देशक सिंहले रुबी सेनसँगको सहकार्यमा लेखेका हुन्। सरस्वती थापा र आर्यन फिल्म्सले संयुक्त रूपमा निर्माण गरेको ‘रुद्रप्रिया’ मा रेखा र आर्यनसहित राजन ईशान, विश्व बस्नेत पनि मुख्य भूमिकामा रहेको बताइन्छ। तिहारको छेको पारेर कात्तिक २ मा रिलिज हुन लागेको उक्त फिल्मलाई सञ्जय लामाले खिचेका हुन्।

रेखाले ‘रुद्रपिया’ लाई आफ्ना अघिल्ला फिल्मसँग दाँज्न नमिल्ने जिकिर गर्दै भनिन्, ‘बिल्कुलै फरक सेटअपमा नयाँ ढंगले काम गरेका छौं। अघिल्लो फिल्मसँग तुलना नगर्नुहोला।’

प्रकासित मिति

Loading...

 

yummyfood