1478958692 banner ad format

 
 

काठमाडौं – रेखा थापा र आर्यन सिग्देलको अभिनय रहेको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा नदेखिएका रेखा र आर्यनको अनस्क्रिन जोडी पहिलो पटक ‘रुद्रप्रिया’ मार्फत दर्शकमाझ आउन लागेका हुन् ।  

सुदिप भुपाल सिंहको निर्देशन रहेको चलचित्रलाई रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा र आर्यन सिग्देलसँगै टिका पहारी तथा राजन इशानको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा नायक आर्यन सिग्देल र कलाकार राजन इशानको चलचित्रकी शीर्ष पात्र ‘रुद्रप्रिया’ प्रतिको प्रेम र आकर्षण देखाइएको छ । आर्यन सिग्देल र नायिका रेखा थापाले झण्डै ८ वर्षपछि एकसाथ चलचित्र खेलेकाले पनि ‘रुद्रप्रिया’ प्रतिक्षामा छ । कात्तिक २ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

‘रुद्रप्रिया’ को यसअघि एउटा गीत सार्वजनिक भएको थियो । चिरविर चिरविर चाँचरी बोलको गीत रुचाइएको गीत हो । चलचित्रमा राजनराज शिवाकोटी, अर्जुन पोख्रेल र सुरेश अधिकारीको संगीत छ । 

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood