salman dhamki

बलिउड अभिनेता सलमान खानको विवाहलाई लिएर फेरी एउटा चर्चा सुरु भएको छ । पाँच दशक उमेर कटिसकेका सलमानको धेरै अभिनेत्रीहरूसँग नाम जोडिए पनि विवाह भने अझै गरेका छैनन् ।

हालसालै सलमानको बिवाहलाई लिएर भएको एक घटना बाहिरिएको छ।भारतीय सञ्चारमाध्यमले सलमान कुनै बेला विवाहका लागि तयार रहेको खबर प्रकाशित गरेको छ ।

जसमा सलमानको विवाहको कार्ड छापिएको तर विवाह हुन पाएन । फिल्म प्रोड्युसर साजिद नाडियावालाले कपिल शर्मा शोमा यस बिषयमा बोलेका छन् ।

साजिद अहिले 'हाउसफुल ४'को प्रमोशनका लागि टीमसहित 'द कपिल शर्मा शो'मा पुगेका थिए । त्यहाँ कपिलले उनको र सलमानको विवाहबारे प्रश्न गरेका थिए ।

त्यसपछि साजिदले सलमानको विवाहसँग जोडिएको एउटा किस्सा सुनाए । उनले भने, 'सन् १९९९ मा सलमानले अचानक बोले कि विवाह गरौं । उसँग त केटी थियो तर मेरो लागि खोज्नुपर्ने भयो । विवाह फिक्स पनि भयो । कार्ड पनि बन्यो । करीब २५ जना विवाहमा आउनुपर्ने थियो । तर ६ दिन अगाडी सलमानले मेरो विवाह गर्ने मूड छैन ।'

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...