annapurna add

काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी आरएल शाहबीचको विवाद अझै टुङ्गो लागेको छैन । आरोप प्रत्यारोपको चरण बन्द भए पनि विवादको अन्त्य भने हुन सकेको छैन ।

अन्तमा भुवन केसीबारे साम्राज्ञीकाे आयो यस्तो जवाफ

bhuwan samragyee sexy kantipath

नायक भुवन केसीले आफ्नो मानमर्दन भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिँदै चलचित्र कलाकार संघमा निवेदन दिएका छन् । भुवनले कलाकार संघमा दोषी पत्ता लगाउन माग गर्दै निवेदन दिएपछि साम्राज्ञी पनि संघमा पुगेकी छिन् । उनले आफूले कोही व्यक्ति विशेषलाई लक्षित नगरी बोले पनि भुवनले आफूलाई तोकेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि बोल्न बाध्य भएको संघलाई बताएकी छिन् ।

“आफ्नो नामै तोकेर भुवनले भने पछि हर्ट भएर आफूले बोलेको साम्राज्ञीले भन्नुभएको छ । त्यसपछि उहाँ हामीसँग थप छलफलका लागि आउनुभएको छैन,” चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भन्छन्, “अब कसरी अगाडि बढ्ने भन्नेबारे उहाँसँग छलफल गर्नलाई उहाँको पारिवारिक स्रोतमार्फत आजसम्म प्रयास गर्नेछौं । आज दिनभर पनि उहाँसँग सम्पर्क हुन सकेन भने संघले भोलि केही निर्णय गर्नेछ ।”

यता, भुवन केसी भने आफूलाई लगाएको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताउँदै आएका छन् । “भुवनजी आफ्नो मानमर्दन भएको र समग्र चलचित्र क्षेत्रै बदनाम भएको भन्दै आरोप प्रमाणित गरेर देखाए आफू जेल बस्न पनि तयार रहेको बताउँदै आउनुभएको छ । हामी सकेसम्म भुवन र साम्राज्ञी दुवैलाई सँगै राखेर मिलाउने प्रयास गरिरहेका छौं ।”

भुवन भने सधैंभरि एउटाले अर्कोलाई आरोप लगाउने र केही दिनमा मिल्ने परिपाटीले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीको नै बेइज्जत भएको भन्दै अदालत जाने ‘मुड’मा रहेको स्रोतले बताएको छ । जथाभावी बोल्दा कानुनी कारबाहीको भागिदार हुनुपर्दोरहेछ भन्ने नजिर बसाउने पक्षमा भुवन रहेको स्रोत बताउँछ ।

साम्राज्ञीले आफ्नो पहिलो चलचित्र ‘ड्रिम्स’मा आफूलाई भुवन केसीले सुटिङ सेटमा सम्मानजनक व्यवहार नगरेको, नयाँ भएकै कारण अपमानित हुनु परेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । उक्त आरोपपछि भुवनले जुन थालमा खाने त्यही थाल प्वाल पार्ने भन्दै आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए ।

उक्त आरोप–प्रत्यारोप चलिरहँदा सामाजिक सञ्जालमा भुवनको चर्को आलोचना भएपछि उनी आफ्नो मानमर्दन भएको भन्दै दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै कलाकार संघमा पुगेका थिए ।

साम्राज्ञीले तीनवटा चलचित्रमा आफूले अपमानित भएको महसुस गरेको बताएकी थिइन् । बाह्रखरीबाट !

न्याय माग्दै भुवन र साम्राज्ञी

नायिका साम्राज्ञीविरूद्द भुवनले दिए उजुरी

चर्कियो साम्राज्ञी र भुवनको काण्ड : साम्राज्ञीलाई दिए भुवन केसीले साइबर क्राइमको मुद्दा हाल्ने चेतावनी

साम्राज्ञीद्वारा भुवन केसीमाथि याैन दुर्व्यवहारकाे आरोप, केसी भन्छन्- जुन थालमा खाने त्यहीँ थालमा दुलो पार्ने ? (भिडियाे)

नायिका पुजा शर्मा भन्छिन- नेपालमा ७२ प्रदेश र १४ जिल्ला छन्

नेपाली कलाकारका ३ काण्ड : नायिका शर्मा भन्छिन, सञ्चारमन्त्री निकिता पौडेल रे

राजेशले भने दीपाश्रीलाई माफि दिनुहोला (भिडियोसहित)

काठमाडौँ । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

Deepa Shree Niraula rajesh hamal हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गर्दै उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु ।

कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...