vaideka

पछिल्लो समय साउथ फिल्मकी अभिनेत्री वेदिका कुमार निकै चर्चामा छिन् । भारतिय मिडियाका अनुसार अभिनेत्री वेदिकाले अब बलिउडमा डेब्यु गर्ने तयारी गरिरहेकी छिन् । उनी फिल्म ‘द बडी’ बाट बलिउडमा प्रबेश गर्ने बताइएको छ । फिल्म ‘द बडी’ मा अभिनेता इमरान हाशमी मुख्य भुमिकामा छन् ।

जीतु जोसेफले निर्देशन गर्ने यस फिल्ममा अब अभिनेता इमरान हाशमीसँग साउथकी अभिनेत्री वेदिका कुमारले काम गर्नेछिन् । बलिउडमा अभिनेता इमरान हाशमीसँग काम गर्ने भएपछी अभिनेत्री वेदिका कुमार खुशि भएको बताइएको छ । तमिल, मलयालम, तेलगु, हिन्दी, अङ्ग्रेजी लगायतका भाषा बोल्न सक्ने वेदिका अभिनयमा पनि धेरै अगाडी छिन् । आफ्नो हट फोटोले पनि चर्चामा आइरहने वेदिकाले हालसम्म धेरै भाषामा अभिनय गरिसकेकी छिन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...