1478958692 banner ad format

 
 

काठमाडौँ -चर्चित टेलिसिरियल ‘नागिन’मा यामीनीको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री सुधा चन्द्रनको लोकप्रियता ‘नागिन’ अर्थात मौनी रोयको भन्दा कम छैन । सिरियलमा मौनी पछिको बलियो पात्रको रुपमा सुधालाई लिईन्छ । सुधा यस सिरियलमा भिलेनको भूमिकामा छिन् ।

sudha chandran

सिरियलमा भिलेन बनेर सबैलाई दुःख दिने सुधाले वास्तविक जीवनमा निकै ठूलो दुःखको अनुभव संगालेकी छिन् । १७ वर्षको उमेरमा एक दुर्घटनामा परेर उनले आफ्नो दाहिने खुट्टा नै गुमाईन् । दुर्घटना पछि भएको अप्रेशनले उनको खुट्टालाई निको पार्न सकेन । यहि कारण उनले दाहिने खुट्टाको घुँडा भन्दा तलको भाग गुमाउनु पर्यो ।

त्यस बखत देखि अहिले सम्म सुधा नक्कली खुट्टाको साहारा लिएर हिँडिरहेकी छिन् । सुधा अभिनेत्रीका साथ साथै नृत्यागंना पनि हुन् । उनले साढे तीन वर्षको उमेर देखि नै नृत्य सिक्न थालेकी थिईन् । नृत्यमा रुची भएकै कारण १० कक्षामा ८० प्रतिशत अंक ल्याएकी उनी बिज्ञानमा रुची हुँदा हुँदै पनि आर्टस अध्ययन गरिन् । उनले बिज्ञान पढेपछि नृत्यलाई समय दिन नसक्ने डरले आर्टस पढ्ने निधो गरेकी हुन् ।

sudha chandran2
तर जब ११ कक्षामा अध्ययन गर्ने क्रममा एक बस दुर्घटनामा परेर उनले एक खुट्टा नै गुमाईन् उनलाई जिन्दगीनै सकिएको महसुस हुन थाल्यो । उक्त दुर्घटनामा परेका सबैलाई ईन्टर्न डाक्टरहरुले उपचार गरेका कारण उनको खुट्टा भित्र भित्रै सडेर बिग्रियो । पछि उनका आमा बुवाले उनको खुटटा काट्ने निधो गरेका थिए ।

खुट्टा गुमाएपछि उनलाई नृत्य गर्न नपाउने पीरले खुबै सताउँथ्यो । मानिसहरुले पनि उनीसँग एक खुट्टाले नृत्य गर्न सम्भव नभएको कुरा गर्थे । अरुको कुराले कहिले काही उनलाई हतोत्साहित बनाउँथ्यो । तर पनि हार भन्ने शब्दलाई उनले जीवनको डायरीबाटै डिलिट गरिदिईन् । दुर्घटना पछि उनी फेरि हिड्ने कोशिसमै जुटिन् । उनलाई एक खुट्टाले हिड्न सिक्न चार महिना लागेको थियो । पछि उनले नक्कली खुट्टा पाईन् । उनलाई नक्कली खुट्टाले सामान्य भएर हिड्न तीन वर्ष लागेको थियो ।

sudha chandran3
नक्कली खुट्टाकै साहाराले उनले अहिलेसम्म सय भन्दा धेरै स्टेज शोहरु गरिसकेकी छिन् । सुधाले दुर्घटना पछि सिनेमामा काम गर्ने मौका पनि पाईन् । उनकै जीवनमा आधारित सिनेमा पनि बनिसकेको छ ‘नाच मयुरी’ जसमा सुधा आफैले आफ्नो भूमिका निभाएकी छिन् । पहिले तेलुगु भाषामा बनेको ‘मयुरी’लाई पछि हिन्दीमा ‘नाच मयुरी’ बनाईएको हो ।

नागिन बाहेक बहुरानीयाँ, हमारी बहु तुलसी, चन्द्रकान्ता, जाने भी दो पारो, कभी ईधर कभी उधर, चश्मे बद्दुर, अंतराल, कैसे कहुँ, अदालत, कस्तुरी र शास्त्री सिस्टर्स जस्ता सिरियलहरुमा उनले काम गरिसकेकी छिन् ।

त्यस्तै उनले नाच मयुरी, शोला और शबनम, अंजाम, हम आपके दिल मेँ रहेते है, शादी करके फस गया यार, मालामाल विकली लगायत केही दक्षिण भारतीय सिनेमाहरुमा काम गरिसकेकी छिन् ।

forseenetwork.com सहकार्य 

 

प्रकासित मिति

Loading...