annapurna add

preem geet 3

बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको जनजीवन प्रभावित बनेको छ। नेपालमा संक्रमण नदेखिएता पनि नेपाली फिल्म क्षेत्रमा यसको प्रभाब बढी परेको छ। नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २'र 'नीरफूल' संगै चैत्र २८ मा प्रदर्शनमा हुने भनिएको ‘प्रेमगीत ३’ पनि स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपाली फिल्म रिलिज नभइरहेको अवस्थामा अब ‘प्रेमगीत ३’ पनि रिलिज नहुने अवस्थामा पुगेको छ ।निर्माता सन्तोष सेनले ट्रेलर रिलिज अन्तिम चरणमा पुगेको बताउदै शेन ले भने ‘विभिन्न अवरोधलाई चुनौती र अवसरका रुपमा लिएर हाम्रो टिमले चैत २८ गतेबाट आम दर्शकमाझ ल्याउने गरी एउटा अविष्मरणीय निषेधित प्रेमकथालाई ठूलो क्यानभासमा तयार गरेका थियौं । तर, कोरोनाको संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिरहेको समयमा नेपाल सरकारको निर्णय बमोजिम हाललाई आमदर्शकमाझ क्षमा माग्दै अर्को निर्णय नभएसम्मका लागि प्रेमगीत–३ को रिलिज मिति स्थगित गरेका छौं ।’

फिल्मको प्रमोसनलाई पनि समय चाहिने तर कोरोना भाइरसको त्रासका कारण सोचेजस्तो प्रचार नहुने भएकाले फिल्मको रिलिज मिति स्थगित गर्न लागिएको हो ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...