annapurna add

komal

आज पूर्वरानी कोमल शाहको जन्म दिन ।२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोख बाट जन्मिएकी कोमल आज आफ्नु ७०औ जन्मोत्सव मनाउदै छिन् । यस्तै आज ६९औ प्रजातन्त्र दिवस पनि रहेको छ सोही कारण हरेक प्रजातन्त्र दिवसको दिन कोमलले आफ्नो जन्मदिन मनाउदै आएकी छिन् ।

२०५८ जेठ २८ मा भएको दरवार हत्याकाण्डमा राजा बिरेन्द्र , युवराज दिपेन्द्र र राजकुमार निराजन वीर विक्रम शाहको हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।

कोमलको बहिनि प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्र संग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो ।

कोमल यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहसँग भारतको भ्रमणमा छिन् । यस वर्ष उनले भारतमै आफ्नो जन्मदिन मनाउने छिन् । २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा गोली लागेर गम्भीर घाइते कोमल यो उमेरसम्म पनि स्वस्थ नै छिन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर