1478958692 banner ad format

 
 

काठमाडौं । एक समयका सेलेब्रिटी बैंकर हुन् कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवाली टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता लोभ लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । 

बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो ।

जोगीको भेषमा भेटिए कमल ज्ञवाली

फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै संकेत पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई नै गाह्रो भयो ।

तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गर्‍यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस गर्‍यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न शुक्रबार नै जेल चलान गरिएको छ।

 
 
 

प्रकासित मिति

Loading...

 

yummyfood