tealaya add

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवारका आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ ।

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) बजार मूल्यका आधारमा पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको हो ।

यस्तै सूचिको दोस्रो स्थाममा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक छ । ईन्भेस्ट्मेन्ट बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।

चौथो स्थानमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण छ ।

यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण छ ।

स्टक एक्स्चेन्जले असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको जनाएको छ ।
शेयर बजारमा गिरावट आए पनि केही कम्पनीको शेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन ।

यस्तै पछिल्लो एक साताको शेयर कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख ६१ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यसै गरी प्रभु बैंक लिमिटेड, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेघा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको शेयर कारोवारमा समेत उत्कृष्ट दस कम्पनीमा परेका छन् ।

स्टक एक्स्चेन्जका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेघा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंक लिमिटेडको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता शेयर कारोवार भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर