1478958692 banner ad format

 
 

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ । यस आर्थिक बर्षको तीन महिना सकिन एक साता बाँकी रहँदा झण्डै तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च मात्र भएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले विकास निर्माणको कामलाई अगाडि बढाउन नसक्दा पूँजीगत खर्च कम हुन गएको हो । सरकारको चालू खर्चको मात्रा १०.९७ प्रतिशत रहेको छ । टेन्डर तथा ठेक्का प्रक्रिया अगाडि बढिरहेकाले पूँजीगत खर्चको अवस्था सोचेजस्तो हुन सकेको छैन ।

यस्तै असोज १७ गते बुधबारसम्म सरकारले रु एक खर्ब ६३ अर्ब ३० करोड राजश्व उठाएको छ । बुधबारसम्म रु एक खर्ब ६१ अर्ब ५६ करोड ११ लाख राजश्व उठाउने लक्ष्य थियो । लक्ष्यभन्दा १७.२७ प्रतिशत अर्थात् रु दुई अर्ब ७४ करोड ६२ हजार बढी राजश्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले असोज १२ गते सबै मन्त्रालयका सचिवलाई संयुक्त रुपमा निर्देशन दिँदै पूँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वय बढाउन आग्रह गर्नुभएको थियो ।

बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउनुपर्ने, कार्यसम्पादनमा अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने, तहगत सरकारबीचको सहकार्य र अन्तरक्रियालाई थप सुदृढ गर्दै कार्य सम्पादन गर्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिनुभएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood