1478958692 banner ad format

 
 

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशत बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को पहिलो महिनाको तथ्याङ्कमा आधारित भएर असोज १२मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब ६१ करोड पुगेको जनाएको छ ।

आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु २५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो घाटा रु पाँच अर्ब ९८ करोड रहेको थियो । कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई छ अर्ब ९२ करोड पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ११.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको सङ्ख्यामा पनि उच्च गिरावट आएको छ ।

अमेरिकी डलरको आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर पाँच करोड ८३ लाख रहेको चालू खाता घाटा समीक्षा महीनामा अमेरिकी डलर २३ करोड चार लाख पुगेको छ । अघिल्लो वर्षको पहिलो महिनामा तीन अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ अर्ब ७७ करोडले घाटामा छ । अघिल्लो वर्षको पहिलो महिनामा अमेरिकी डलर तीन करोड २० लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको सोही अवधिमा अमेरिकी डलर २२ करोड ५० लाखले घाटामा छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर एक अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु २९ करोड ५७ लाख छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु ६७ करोड ४७ लाख र प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ६१ करोड रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ९.६ प्रतिशतले बढेता पनि चीनतर्फको ४४.८ प्रतिशत र अन्य मुलुकतर्फको २.३ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडीबुटीलगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कूल भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४३ प्रतिशत, चीनबाट भएको आयात ३९.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ९४.९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपूजा, अन्य मेशिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारीसाधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, रासायनिक मल, यातायातका साधन तथा पार्टपूजा, स्वास्थ्यसम्बन्धी उपकरण लगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र मेची भन्सार कार्यालयबाट गरिएको निर्यातमा वृद्धि भएपनि अन्य नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ । अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा ५९.१ प्रतिशतले विस्तार भई ११३ अर्ब ६९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ५.७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood